किशोरको साहस



मेक्सिकोसिटी, (एजेन्सी)।

मेक्सिकोका लागूऔषध तस्कर समूहको आक्रमणको शिकार भएका अमेरिकी मोरमोन परिवारका एकजना २३ वर्षीय किशोरले आफ्नो छ जना भाइबहिनीहरुलाई झाँगमा लुकाएर १३ किलोमिटर लामो दूरी हिँडेर आफ्नो परिवारका लागि मद्दत माग्न गएको उनको पारिवारिक सूत्रले जनाएको छ।

सो आक्रमणमा उनको परिवार चढेको कार जलाइएको थियो। सोमबार उत्तरी मेक्सिकोमा भएको यस आक्रमणमा आठजना बालबालिकाको ज्यान जोगिएको थियो।

यस घटनामा तीन जना महिला र छ जना बालबालिका मारिएका छन्। पाँच जना बालबालिकामा गोलीका घाउ छन्।

 

प्रतिक्रिया दिनुहोस्