प्रमोदको कुनै दिन सार्वजनिक



गायक प्रमोद खरेलको स्वरमा रहेको रोमान्टिक प्रेमगीत कुनै दिन मायाँमाको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। रूपेश मास्केको शब्द र संगीत रहेको गीतको भिडियोलाई सञ्चारकर्मी कुमार आचार्यले निर्देशन गरेका छन्।

रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियो विष्णु खड्काले सम्पादन गरेका छन्। म्युजिक भिडियोमा नवराज सिलवाल (सिल) र कविता राया (यादव) लाई फिचरिङ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्