युएईसँग बुधबारको खेलमा नेपाल ४–० ले पराजित



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली युवा टोलीले इरानमा सुरु भएको एएफसी यू १९ च्याम्पियनसिप छनोटको यात्रा हारबाट सुरु गरेको छ । संयुक्त अरब इमेट्स (युएई) सँग बुधबारको खेलमा नेपाल ४–० ले पराजित भएको छ ।

२७ औं मिनेटमा नेपाली खेलाडीको आत्मघाती गोलबाट युएईको गोलको खाता खुलेको थियो । ३८ औं मिनेटमा इशा खालिफानले गोल गर्दा पहिलो हाफमा युएई २–० ले अघि बढेको थियो ।

दोस्रो हाफमा युईएले अर्को दुई गोल थप्यो । खालिफा युसुफले ७१ औं मिनेटमा र अब्दुल्ला हमाले इन्जुरी समयको छैटौं मिनेटमा गोल गर्दै युएईलाई सहज जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्