भारतबाट जारी नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश भएकोमा विरोध प्रदर्शन (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्साको विरोध गर्दै विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।

‘लिपुलेक हाम्रो हो’ लेखिएको प्ले कार्डसहित काठमाडौंको भृकुटीमण्डपबाट अखिलले प्रदर्शन गरेको हो। उनीहरूले लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद भन्दै नाराबाजी गरेका थिए।

विभिन्न विद्यार्थी संगठनले भारतबाट हालै जारी भएको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश भएकोमा विरोध प्रदर्शन गरेका हुन् ।

तस्वीरः अनिल आङदेम्बे 

 

प्रतिक्रिया दिनुहोस्