सन्राइज बैंकद्वारा ३ अर्बको ऋणपत्र जारी



सन्राइज बैंकको हजार रुपियाँ अंकित दरको सात वर्ष भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रmपमा भुक्तानी गर्ने गरी ३ अर्ब रुपियाँ बराबरको ऋणपत्र बुधबारदेखि निष्काशन गर्दै छ।

निष्काशित ऋणपत्र चाँडोमा कार्तिक २४ गते र ढिलोमा मंसिर १९ गतेसम्म खुल्ला रहनेछ। ३ अर्ब रुपियाँमध्ये एक अर्ब २० करोड रुपियाँ मात्र को ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गर्नको लागि तथा बाँकी एक अर्ब ८० करोड रुपियाँको ऋणपत्र परिपत्र विधिबाट संस्थागत,व्यक्तिलाई बिक्री खुल्ला गरिएको बैंकले जनाएको छ।

उक्त ऋणपत्रको सिद्धार्थ क्यापिटल निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ। यो ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण हुनुका साथै विभिन्न बंैक तथा वित्तीय संस्थाबाट धितो राखी कर्जा समेत लिन सकिनेछ।

न्यून कर्जा जोखिम जनाउने केयर एनपी ए रेटिङभएको यस ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम् ३ लाख कित्ताको लागि आवेदन गर्न पाउनेछन्। तर, व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम् सिमा नलाग्ने बैंकले जनाएको छ।

यस बैंकको ८ अर्ब १५ करोड चुक्ता पुँजी रहेकोमा १२औं साधारण सभाबाट १० प्रतिशत बोनस शेयर पारित भइसकेकाले हाल चुक्ता पुँजी रु. ८ अर्ब ९६ करोड ७, ८१ लाख रुपियाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्