ओलम्पियन खेलाडीलाई ८ वर्ष जेल



लन्डन, (एजेन्सी)।

नेदरल्यान्डकी ओलम्पिक खेलाडी माडिया गफूरलाई लागूपदार्थको ओसारपसार र तस्करी गरेकोमा दोषी पाएपछि साढे आठ वर्ष जेल सजाय दिइएको छ। २७ वर्षीया गफूरले २० लाख पाउन्ड बराबरको लागूपदार्थ उनको कारको बुटमा राखिएको अवस्थामा भेटिएको थियो।

गत जुनमा जर्मनीको इल्टन सहर नजिकै नियमित चेकपोस्टमा जाँच गर्दा उक्त लागूपदार्थ भेटिएको थियो। उनीसँग ५० केजी एक्सासी टेबलेट, २ केजी क्रिस्टल मेथ र ११ हजार ९ सय ५० नोट थियो।

यसबारे सुन्दा स्तब्ध भएको डच एथ्लेटिक्स युनियनले बतायो। गफूरले ती औषधी लागूपदार्थ हो भन्नेमा अनभिज्ञ भएको जनाएकी थिइन्। उनले ती औषधी कसले दिएको भन्न अस्वीकार गरेकी थिइन्।

उनले यति मात्रै बताइन कि उनी साथी र परिवारका लागि डराएकी थिइन्। उनले गत ब्राजिलमा भएको रियो ओलम्पिक २०१६ मा ४ गुणा ४ सय मिटरमा प्रतिस्पर्धा गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्