पहिलोपटक साइक्लिङ अफरोड च्याम्पियनसिप



नेपाल समाचारपत्र, हेटौंडा।

प्रदेश–३ को राजधानी हेटौंडामा पहिलो पटक साइक्लिङ अफरोड च्याम्पियनसिप हुने भएको छ। हेटौंडा राइडर्स क्लबको आयोजनामा पुस १२ गते च्याम्पियनसिप हुन लागेको क्लब अध्यक्ष विकास ताम्राकारले बताए।

क्लबले विभिन्न कार्यक्रम गर्दै आएको बेला नेपाल भ्रमण वर्ष २०२० को अवसरमा च्याम्पियनसिप गर्न लागिएको जनाइएको छ। च्याम्पियनसिपमा खुलारूपमा जोकोहीले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।

क्लबले आन्तरिकरूपमा कार्यक्रमको तयारी गर्दै रहेको र देशभरका विभिन्न साइकलिस्टले च्याम्पियनसिपमा सहभागी रहनेछन्। च्याम्पियनसिपमा सहभागिता जनाउन १ हजार दर्ता शुल्क लाग्ने, विजेतालाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लब सचिव दीनचन्द्र पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्