वडा ६ को जित



नेपाल समाचारपत्र, काठमाडौं।

नागर्जुन नगरपालिका वडा ६ को ‘बी’ टिम प्रथम मेयर कप फुटबल प्रतियोगितामा मंगलबार विजयी भएको छ। युथ हसन्टार क्लबद्वारा आयोजित प्रतियोगितामा वडा ६ ‘बी’ ले वडा ७ को सानो स्वर्गलाई १–० गोलले पराजित गर्यो। सुवीन्द्र कार्कीले निर्णायक गोल गरे।

हसन्टार फुटबल मैदानमा भइरहेको प्रतियोगिताको अर्को खेलमा वडा ५ ‘ए’ ले वडा ८ लाई ४–२ गोलले हरायो। विजयी टिमका लागि राहुल खड्काले २ तथा विप्लव थापा र रन्जित गुरुङले १–१ गोल गरे।

प्रतिक्रिया दिनुहोस्