‘लक्ष्मी बैंक गल्फ’ शनिबार हुने



नेपाल समाचारपत्र, काठमाडौं।

लक्ष्मी बैंकले आगामी शनिबार लक्ष्मी बैैंक ओपन गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ।
छैटो संस्करणको प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले मंगलबार पत्रकार सम्मेलनमा जनायो।

सन् २०१४ देखि शुरू भएको सो प्रतियोगिता एमेच्योर गल्फरका लागि सञ्चालन गरिरहेको हो। ३/४ ह्यान्डी क्यापसँगै स्टेबल फोर्ड फरम्याटमा हुने प्रतियोगितामा पुरुष र महिला गरी १ सय भन्दाबढी प्रतिस्पर्धीले भाग लिने अनुमान लगाइएको छ।

जसमा सिनियरतर्फ ६० वा सो भन्दामाथि र जुनियरमा १७ वा सो भन्दामुनिका खेलाडीले खेल्नेछन्।
प्रतियोगितामो १०औं होलमा होल इन वान गर्ने गल्फका लागि हुन्डाइको कोना गाडी पुरस्कारका रूपमा राखिएको छ।

त्यो अहिलेसम्म कुनै पनि होलको होल इन वानमा राखिएको सबैभन्दा महंगो गाडी रहेको गोकर्ण गल्फका सिनियर डाइरेक्टर दीपक आचार्यले बताए। २००२ मा स्थानपना भएको लक्ष्मी बैंकको देशभरमा १ सय १६ शाखा र १ सय ४० एटीएम रहेका छन्।

प्रतिक्रिया दिनुहोस्