शारीरिक सुगठन टोली यूएई जाने



नेपाल समाचारपत्र, काठमाडौं।

यूएईमा हुने ७३औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन ४ पुरुष खेलाडीसहित ८ सदस्यीय नेपाली टोली बुधबार यूएईको फजारिया प्रस्थान गर्दैछ।

नोभेम्बर ५ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६० केजीमा रामबहादुर दाहाल, ७० केजीमा मरिचमान श्रेष्ठ, १ सय ७० सेन्टिमिटर फिजिकमा देवराज पराजुली र १ सय ७१ सेन्टिमिटर फिजिकमा औतर श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्