मिस्टर नेपालीमा भुवन नकारात्मक



आगामी कात्तिक २९ गते रिलिजमा आउने फिल्म मिस्टर नेपालीमा अभिनेता भुवन केसीलाई पहिलोपटक नकारात्मक भूमिकामा देखिने भएको छ। फिल्ममा उनी पिता र छोराको दुई भूमिकामा देखिँदै छन्।

‘फिल्ममा म मुख्य नायक होइन। यसमा, मलाई दर्शकले नकारात्मक भूमिकामा देख्न पाउनुहुनेछ। पर्दामा मलाई देख्दा दर्शकलाई नौलो लाग्न सक्छ।’ –भुवनको भनाइ छ।

देव भुसालको निर्देशनमा तयार भएको फिल्ममा भुवनको साथमा नयाँ अनुहार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ। फिल्मको कथा साहिलको वरिपरि घुमेको छ। भुवन भन्छन्– ‘यो फिल्मले राष्ट्रियताको कथा भन्छ।

विदेशमा बसेर पनि नेपालीको मन नेपालमै हुन्छ भन्ने कथामा फिल्म बनेको छ।’ फिल्ममा कमेडी, प्रेम र देशप्रेम सबै भएकाले पनि दर्शकले मन पराउने दाबी भुवनको छ। फिल्म प्रेमराज दाहालले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्