नेप्सेमा झिनो सुधार



नेपाल समाचारपत्र, काठमाडौं।

केही दिनदेखि लगातार गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य वृद्धि भएको छ। यस दिनको कारोबारमा नेप्से परिसूचक ०.९७ अंकले बढेर ११४०.२६ बिन्दूमा पुगेको छ।

कुल १६३ वटा कम्पनीको ७ लाख ५९ हजार कित्ता शेयर १९ करोड १८ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ।

परिसूचक र कारोबार रकम अघिल्लो दिनको तुलना सामान्य बढी हाृ। सोमबार कारोबारमा आएका समूहमध्ये होटल, जलविद्युत््, निर्जीवन बीमा, उत्पादन, लघुवित्त, जीवन बीमा र सामूहिक लगानी कोष समूहबाहेक बाँकी सबै समूहमा गिरावट आएको छ।

सोमबार नबिल बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ। यस बैंकको करिब दुई करोड रुपियाँको कारोबार भएको छ। त्यसपछि प्रभु बैंक पनि उच्च शेयर कारोबार गर्ने कम्पनीमा परेको छ। केही दिन यतादेखि प्रभु बैंकको शेयर उच्च हुँदै आएको छ।

समग्र परिसूचकमा झिनो सुधार भएको दिन ग्लोबल आइएमई लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। तर, जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्। यस कम्पनीको शेयर करिब पाँच प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्