एनआईबीएल युनियनपे कार्ड शुरू गर्ने सहमति



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र युनियनपे अन्तर्राष्ट्रिय कम्पनीका अध्यक्ष चाय जियाङबोबीच एनआईबीएल युनियनपे कार्ड तथा प्रोडक्ट नेपाली बजारमा निकट भविष्यमा प्रारम्भ गर्ने सहमति भएको छ।

नेपाल इन्भेष्टमन्ट बैंकले चाइना भ्रमणमा जाने ग्राहक र चाइनाबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी युनियनपे डेविट, क्रेडिट, प्रिपेड ट्राभल कार्ड उपलब्ध गराउँदैछ भने क्युआर कोडमार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रारम्भ गर्न लागिएको जानकारी गराएको छ।

नेपाल इन्भेष्टमेन्ट युनियनपे कार्डमार्फत सजिलै एटीएम मेसिनबाट नगद निकाल्न सकिनेछ भने सेवा प्रयोग, सामान खरिद, होटेल, रेष्टुरेन्टको रकम भुक्तानी गर्दा यो कार्डबाट आर्थिक कारोबार गर्न सकिनेछ।

यस अवसरमा नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नेपाल भ्रमण वर्ष २०२० लाई पनि लक्षित गरी एनआईबीएल युनियनपे अन्तर्राष्ट्रिय कम्पनीले सहकार्य प्रारम्भ गर्न लागिएको जानकारी गराउँनुभयो।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१८ मा चाइनाबाट १ लाख ५३ हजार ६३३ चाइनिज पर्यटक नेपाल आएका थिए भने नेपाल भ्रमण वर्ष २०२० मा ३ लाख चाइनिज पर्यटक नेपाल आउने अपेक्षा राखिएको छ।

युनियनपे अन्तर्राष्ट्रिय कम्पनीको प्रधान कार्यालय चाइनाको सांघाई छ। हाल यस कम्पनीले विश्वको १७७ देशमा आफ्नो सेवा प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्