७ प्रदेशमा सप्तरंग



सातै प्रदेशमा सप्तरंग २ सञ्चालन हुने भएको छ। सप्तरंगको सफलतापछि यसको दोस्रो शृंखला सञ्चालन गर्न लागिएको राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै जानकारी गराइयो। आयोजक गृष्मा ब्रोर्डकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले यसपटक नेपाल सरकारको अभियान भिजिट नेपाल २०२० लाई समेत यस कार्यक्रमले टेवा पु¥याउने दाबी गरे।

अनिभनेता राजेश हमालले यो कार्यक्रम दर्शकसँग एकआपसमा जोड्दै नेपालीभित्र भएको विविधतालाई सम्मान गर्ने र मजबुत बनाउने बताए। ‘यसैले गर्दा पनि म उत्साहित छु दर्शकलाई प्रत्यक्षरूपमा भेट्नलाई। आशा छ हामीसँग हाम्रो अभियानमा दर्शक अवश्य जोडिनुहुनेछ।’ –हमालले भने।

राष्ट्रियताको कुनै मूल्य हुँदैन भन्ने सोचका साथ कार्यक्रमलाई निःशुल्क गरिएको समेत उनले बताए। पहिलो शृंखलामा सद्भाव र ऐक्यबद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रवद्र्धन र समुन्नति केन्द्रित गरेको छ।

दोस्रो शृंखलामा अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, हास्यकलाकार जितु नेपाल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओड रहेका छन्। यी कलाकारले सातै प्रदेशमा पर्यटन प्रवद्र्धन र समुन्नतिका लागि आप्mनो प्रस्तुति प्रस्तुत गर्ने जानकारी गराइएको छ।

पहिलो सिजनमा सात प्रदेशबीचको सम्बन्ध नागरिकस्तरमा सुमधुर बनाउन प्रभावकारी भएकाले दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगीतिक यात्राको माध्यमबाट पर्यटकीय स्थानको प्रवद्र्धन र सम्भावनाको खोजी गरिनेसमेत जनाइएको छ।

कार्यक्रम कात्तिक २० गते बिर्तामोडबाट शुरू हुनेछ भने २२ गते वीरगन्ज, २४ गते चितवन, २६ गते नेपालगन्ज, २८ गते सुर्खेत, ३० गते महेन्द्रनगर र मंसिर ४ गते पोखरामा पुगेर सकिनेछ। सप्तरंग–२ को सञ्चालन नरेश भट्टराई, विवेक खतिवडा र पूजन थापाले गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्