दुईटा मुटु एउटै भएको रात सार्वजनिक



दुईटा मुटु एउटै भएको रात बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।गीतकार सुखकला राईको युटुब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा लेखक तथा अभिनेता जीवन थापा ‘क्षितिज’, लक्ष्मी ल्वागुन र देवाहाङ राईले अभिनय गरेका छन्।

गायक तथा संगीतकार कृष्णभक्त राईको स्वर रहेको गीतमा गायक स्वयंको संगीत रहेको छ। गीतकार तथा छायांकार राज बान्तावाको छायांकन तथा निर्देशन रहेको भिडियोको सम्पादन शिरकुमार साम्पाङले गरेका छन्। भिडियोमा सुनसरी जिल्लाको धरान सेरोफेरोका सुन्दर दृश्य समेटिएको छ।

प्रतिक्रिया दिनुहोस्