नेपाली सुन्दरी सिंगापुरको स्पर्धामा



विवाहित महिलाबीच सिंगापुरमा जारी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेसनल २०१९ मा मिसेस नेपाल इन्टरनेसनल २०१९ की सेकेन्ड रनर्सअप स्नेहा राउत थापाले नेपालको प्रतिनिधित्व गरेकी छिन्।

रिबन इन्टरटेनमेन्टद्वारा आयोजित मिसेस इन्टरनेसनल २०१९ की विजेता भाविषा कोइराला चटौतको सवारी दुर्घटनामा परी खुट्टाको मासु च्यातिएकाले यस वर्ष उनी यो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नसक्ने भएपश्चात् सेकेन्ड रनर्सअप स्नेहालाई नेपालबाट सहभागी गराइएको हो।

दक्ष इन्टरटेनमेन्टद्वारा आयोजित मिसेस ब्युटीफुल नेपाल २०१८ की विजेता संगीता न्यौपानेलाई रिबन इन्टरटेनमेन्टकै पहलमा सो प्रतियोगिताअन्र्तगतको एमएस इन्टरनेसनलमा नेपालका तर्फबाट प्रतिनिधित्व गराइएको छ। उनीहरू कोरियोग्राफर अश्विनी झा र मिसेस नेपाल २०१९ का इभेन्ट निर्देशक निशु झाको नेतृत्वमा सिंगापुरमा प्रतिस्पर्धा गरिरहेका छन्।

आयोजक निशु झाका अनुसार प्रतियोगिताका विभिन्न चरण गत शुक्रबारदेखि शुरू भइसकेको छ भने आगामी नोभेम्बर ९ तारिखसम्म चल्नेछ। प्रतियोगिताको अन्तिम स्पर्धा भने नोभेम्बर ८ तारिखका दिन सिंगापुरको अर्किड कन्ट्री क्लबमा हुनेछ।

प्रतियोगिताका क्रममा विभिन्न देशबाट सहभागी विजयीहरूलाई सिंगापुरका साथमा मलेसिया र इन्डोनेसियका विभिन्न पर्यटकीयस्थलको भ्रमणसमेत गराइनेछ। यसअघि अघिल्लो वर्षकी मिसेस नेपाल इन्टरनेसनल २०१८ की विजेता चन्दा थापा गिरीले सिंगापुरमै आयोजित मिसेस इन्टरनेसनल २०१८ मा मिसेस एसिया प्यासफिक इन्टरनेसनल २०१८ को उपाधि चुमेकी थिइन्। गिरीले पे्रmन्डली इन्टरनेसनल उपउपाधिलाई पनि  आफ्नो बनाएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्