राजधानीमा अफ्रिकी फिल्म महोत्सव



राजधानीमा शनिबारबाट नेपाल अफ्रिका फिल्म महोत्सव शुरू भएको छ। आज सोमबारसम्म चल्ने महोत्सव राष्ट्रिय नाचघरमा जारी छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले महोत्सवको शुभारम्भ गर्दै ८ वर्षदेखि हँुदै आएको महोत्सवले नेपाल र अफ्रिकाको सिनेमा संस्कृति आदानप्रदानमा ठूलो योगदान पुर्याउने चर्चा गरे।

आयोजक संस्था कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन (सीजेएमसी)की अध्यक्ष तथा महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन र सिनेमा संस्कृति आदानप्रदानका लागि महोत्सव आयोजना गर्दै आएको बताइन्।

महोत्सव निर्देशक डब्बु क्षत्रीले यसपटक अफ्रिकाका नाइजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बावे, सेनेगल, मालवी, इजिप्टी÷नर्वे÷जर्मनी, बेलायत र नेपालसहित १२ देशका २५ फिल्म रहेको बताए।

प्रतिक्रिया दिनुहोस्