विन्ध्यवासिनी अवार्डको उत्कृष्ट पाँचलाई प्रमाणपत्र संगीतकर्मी सम्मानित



विन्ध्यवासिनी म्युजिक फाउन्डेसनले शनिबार राजधानीमा विन्ध्यवासिनी संगीत साँझ तथा सम्मान कार्यक्रम आयोजना गरी दशौं विन्ध्यवासिनी म्युजिक अवार्ड २०७६ को ३१ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्दै विभिन्न संगीतकर्मीलाई सम्मान गरेको छ।

सो अवसरमा चार दशकभन्दा लामो समयदेखि चार सयभन्दा बढी गीत गाएर नेपाली संगीतको क्षेत्रमा योगदान पुर्याएबापत गायक दीपक खरेललाई नगद ५० हजार रुपियाँसहित विन्ध्यवासिनी संगीत साधना सम्मान–२०७६ बाट सम्मानित गरियो।

त्यसै गरी साढे दुई दशकदेखि नेपाली गीतसंगीतको सेवा गरेबापत संगीतकार एवं गायक हरि लम्साललाई नगद २५ हजार रुपियाँसहित विन्ध्यवासिनी संगीत रजत सम्मान–२०७६ बाट सम्मानित गरियो भने दीपेन्द्र श्रेष्ठलाई १५ हजार रुपियाँसहित विन्ध्यवासिनी पत्रकारिता सम्मान–२०७६ बाट सम्मानित गरियो।

सो अवसरमा गायक सुमनकुमार श्रेष्ठले दीपक खरेलको र अजर जंगमले हरि लम्सालको सम्मानमा उनीहरूकै चर्चित गीत गाएर सुनाएका थिए भने गायक सुगम पोखरेलले आफ्ना चर्चित आधा दर्जनभन्दा बढी गीत सुनाएका थिए।

कार्यक्रममा दशौं विन्ध्यवासिनी म्युजिक अवार्ड २०७६ को विभिन्न विधाका उत्कृष्ट पाँचमा पर्न सफल संगीतकर्मीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। आगामी मंसिर १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने अवार्डमा संगीता राना प्रधानको सम्झनामा नआऊ तिमी, प्रमोद खरेलको पहिले दिल, सन्तोष लामाको गोधुलीमा, विक्रम बरालको गल्ती र सुरज थापाको धनले होइन बोलको गीत उत्कृष्ट गीत विधाको मनोनयनमा परेका छन्।

त्यसै गरी सुमनकुमार श्रेष्ठ जिस्काउँथे, राज सिग्देल भगवान कसम, सजल न्यौपाने कहाँ छौं, सरोज कोइराला सासै फेर्न र नरेन्द्र प्यासी सम्झनामा नआऊ तिमीबाट सुगम संगीत गायक विधामा मनोनयन भएका छन्।

संगीता राना प्रधान सम्झनामा, दुर्गा परियार बनफूल, निशा देसार तिम्रो नाउँ, बानिका प्रधान मनै लोभ्याउन र जुनु काफ्ले रिजाल माया लाएरबाट सुगम संगीत गायिका विधाको मनोनयनमा परेका छन् भने सुगम संगीततर्फ सन्तोष केसी, सन्तोष श्रेष्ठ, श्रीकृष्ण बम मल्ल, राजकुमार बगर र आशीष अविरल मनोनित भएका छन्।

गीत रचनातर्फ एकनारायण भण्डारी, डा. डीआर उपाध्याय, सुवास संगम राई, मनिस वशिष्ठ र वीरेन्द्र पाठक, महिला गीतकारतर्फ अम्बिका गुरुङ, टीमाया राई, प्रतिमा गुरुङ, पदमा लिंखा मगर र संगीता वायुङ राई मनोनयनमा परेका छन्।

एल्बमतर्फ सुविन्द्र केसीको आरोहण, राज खुम्बुको म त तिम्रो, आनन्दराज खनालको तिम्रो साथ, दुबसु क्षत्री र पुनम क्षत्रीको म जस्तो तिमी पनि र सुवासचन्द्र ढुंगेलको गीतिका परेका छन् भने सुगम संगीत संयोजनतर्फ रिकेश गुरुङ, उदयराज पौडेल, जुगल डंगोल, गोपाल रसाइली र कमल सौराग मनोनयनमा परेका छन्।

पपगायकतर्फ सचिन रौनियार, प्रताप दास, विक्रम बराल, टंक तिमिल्सिना र समीर आचार्य मनोनित भएका छन् भने पपगायिकातर्फ समृद्धि राई, पारु रँजित, छनु गुरुङ, टीका प्रसाईं र प्रविशा अधिकारी परेका छन्।

पप संगीतकारतर्फ राजेश थापा, कल्याण सिंह, अर्जुन पोखरेल, वृजेश श्रेष्ठ र सुवास सुन्दास परेका छन् भने लोक दोहोरी गायकतर्पm सन्दीप न्यौपाने, मोहन खड्का, राजेन्द्र कँडेल, वैकुण्ठ महत र कुलेन्द्र विक मनोनित भएका छन्। लोक दोहोरी गायिकातर्फ शर्मिला विश्वकर्मा, लक्ष्मी मल्ल, देवी घर्ती, शान्तिश्री परियार र सुनिता दुलाल मनोनयनमा परेका छन्।

लोकदोहोरी भाकातर्फ रामु खड्का, युवराज मगर, वसन्त थापा, बलवीर थापा र शिव हमाल परेका छन् भने लोक दोहोरी गीततर्फ प्रकाश सपूत, शिव हमाल, कमल सरगम, नवराज पन्त र एकनारायण भण्डारी मनोनयनमा परेका छन्।

त्यसै गरी लोकदोहोरी रचनातर्फ सवित्रा चिलुवाल, शिव हमाल, नवराज दाहाल, नवराज पन्त र एकनारायण भण्डारी मनोनयनमा परेका छन्। समारोहमा कुल ३१ विधाको उत्कृष्ट पाँच मनोयन सूची सार्वजनिक गरिएको थियो। फाउन्डेसनकी अध्यक्ष लिना रेग्मी शर्माले नेपाली संगीतको विकास र विस्तारका लागि एक दशकदेखि विन्ध्यवासिनी म्युजिक अवार्ड प्रदान गर्दै आएको बताइन्।

प्रतिक्रिया दिनुहोस्