कारागारमा गाँजा ल्याएको १८ वर्षपछि उनकै नाकबाट निकालियो



अस्ट्रेलिया । अस्ट्रेलियाको सिड्नीमा एक व्यक्तिले कारागारमा गाँजा ल्याएको १८ वर्षपछि उनकै नाकबाट निकालिएको छ ।

गार्डहरूले पत्ता नलगाऊन् भनी उनले दाहिनेतर्फको नाकको प्वालमा गाँजा लुकाएका थिए तर पछि निकाल्न सकेका थिएनन् किनकि त्यो गाँजा निकै भित्रसम्म पसेको थियो ।

उक्त व्यक्तिले कारागारमा भेट्न आएकी प्रेमिकाबाट बलूनमा बेरेर गाँजा पाएका थिए ।

वर्षौंसम्म नाकमा संक्रमण भएको र सास लिन गाह्रो भए पनि उनले गाँजा निलेको ठानेर बसेका थिए ।

१८ वर्षमा उक्त गाँजा राइनोलिथ अर्थात् ढुंगा हो । नाकको प्वालमा उक्त ढुंगा बनेको हो ।

उनको नाकमा शल्यक्रिया गरेर राइनोलिथ हटाइएको तीन महिनापछि उनले सबै अप्ठ्यारोहरू हटेको बताए ।

अनुसन्धानकर्ताहरूले गाँजाका कारण राइनोलिथ बनेको यो पहिलो घटना भएको विश्वास गरेका छन् ।

यो केसको रिपोर्ट गर्ने चिकित्सकहरूको टोलीले ब्रिटिश मेडिकल जर्नलमा चिकित्सकहरूले यस्तो घटना पहिलोपटक भएको बताएका छन् ।
सीएनएन

प्रतिक्रिया दिनुहोस्