ढाका कपडा मार्फत गाउँपालिका स्वरोजगार बन्दै



उत्तम नेपाल, भद्रपुर ।

झापाको हल्दीबारी गाउँपालिकाका महिलाहरु उद्यमशीलता तर्फ आर्कषित हुँदै गएका छन् । गाउँपालिकाले अघि सारेको हल्दीबारीका महिला विकासमा पहिला भन्ने अभियानलाइ व्यवहारिक बनाउन महिला विकास परिषदद्धारा सञ्चालित ढाका कपडा सिलाइ बुनाइ मार्फत स्वरोजगार बन्न थालेपछि महिलाहरुको सो सीप तर्फ आकर्षण बढ्दै गएको हो ।

अभियानलाइ सफल पार्न पालिकाले महिला विकास समिति तथा गठन कार्यविधि ०७५ पास गरी पालिका क्षेत्रभित्र रहेका महिलाहलाइ उद्यमशीलता तर्फ जोडनलाइ अभियान ल्याएको छ ।

विकास भन्ननाले सडक नाला, कलर्भट लगायतमा उपभोक्ता समिति भएकोले यसलाइ फरक ढङ्गले अन्य क्षेत्रमा पनि महिलालाइ अघि लैजानु पर्ने देखिएर ढाकाको धागोबाट विभिन्न सामग्री वनाउन शुरु गरिएको पालिकाले जनाएको छ । आर्थिक वर्ष ०७४।७५ मा ३० जना महिलालाइ ढाकाको तालिम प्रदान गरिसकेको छ । उद्यमशीलता तर्फ उन्मुख भएका महिला घरमा नै बसेर उत्पादन शुरु गरिसकेको अवस्था छ । गत आर्थिक वर्ष ०७५।७६ मा १५ जना महिलाले तालिम लिइरहेका छन् ।

स्थानीय महिलाहरुलाइ नै स्वरोजगार वनाउने पहिलो लक्ष्य भएको महिला विकास परिषद संयोजक शान्ता गौतमले बताउँनुभयो । तालिम केन्द्रको रुपमा लगेर उद्योगमा परिणत गर्ने गाउँपालिकाको उद्देश्य रहेको उहाँले जनाउँनुभयो । प्रदेश सरकारबाट बजेट माग गर्नको लागि प्रपोजल तयार पारिरहेको उहाँले बताउँनुभयो ।

दीर्घकालिन सोचमा चै स्कुल व्याग,पोशाक समेत घर घरबाट नै उत्पादन भएका सामग्री प्रयोगमा ल्याइने उहाँको भनाइ छ । गाउँपालिकाको लगानीमा महिला विकास परिषद मार्फत ढाका कपडा सिलाइ बुनाइको तालिम दिइरहेको पालिका स्तरीय महिला विकास परिषद सदस्य तथा खार्सङबारी टोल विकास संस्था अध्यक्ष टीका राउतले बताउँनुभयो । तालिमबाट सीप हासिल गरी उनिहरुले नै पुनः नयाँ महिलाहरुलाइ प्रशिक्षण दिइरहेको उहाँले जनाउँनुभयो ।

उत्पादन गरिएका विभिन्न सामग्री बिक्री हुन थालेको उहाँले बताउँनुभयो । पहिलो वर्ष गाउँपालिकाले ५ लाख रुपैयाँ लगानी गरेर १५ जना महिलाहरुलाइ तालिम दिन शुरु गरेको पालिका स्तरीय महिला विकास परिषद सदस्य तथा पाथिभरा टोल विकास संस्थाकी अध्यक्ष होमा देवी न्यौपाने खरेलले बताउँनुभयो ।

तालिम प्राप्त महिलाहरुले उत्पादन गरेका सामग्री बिक्री हुन थालेको उहाँले बताउँनुभयो । सिकेर जाने मलिलाहरुले तान खरिद गरी उत्पादन गर्न शुरु गरिसकेको उहाँको भनाइ छ । लगानी गर्ने वित्तिकै तत्काल प्रतिफल पाउने सोचका कारण व्याप्त रहेको सोचाइलाइ उन्मूलन गर्न जरुरी रहेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे बताउँनुहुन्छ । घर–घरमा महिला स्वरोजगार भएभने विकासँगै पालिकामा आय आर्जनको कमी नहुने उहँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्