“पर्वतलाई पोखरापछिको पर्यटकीय गन्तव्य बनाउने छौं”



केदारनाथ शर्मा
अध्यक्ष, पर्वत उद्योग बाणिज्य संघ

पर्यटनकीय नगर पोखराबाट नजिकको गन्तब्य भएर पनि पर्वतले पर्यटनबाट अपेक्षित लाभ लिन सकिरहेको छैन। आन्तरिक पर्यटक पछिल्ला दिनमा आउन थालेपछि पर्यटनलाई उद्योगको रुपमा विकास गर्न अझै धेरै गर्न बाँकी छ। पर्वत उद्योग बाणिज्य संघले पर्यटन, पूर्वाधार, व्यावसायिक हितका पक्षमा निरन्तर काम गर्दै आएको छ। यही विषयको सेरोफेरोमा रहेर पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मासँग नेपाल समाचारपत्रका पर्वत संवाददाता दुर्गाप्रसाद शर्माले गरेको कुराकानी।

तपार्इं पर्वत उद्योग बाणिज्य संघको नेतृत्वमा आएपछि भएका उपलिब्ध के हुन् ?

म नेतृत्वमा आएपछि निर्वाचनका क्रममा व्यवसायीका बीचमा गरिएका २७ बुँदे प्रतिबद्धतामध्ये व्यवसायीका हकहितका पक्षमा गर्नुपर्ने सबै प्रतिबद्धता पूरा भएका छन्। खासगरी संघीय संरचनामा मुलुक गएपछि पर्वत उद्योग बाणिज्य संघलाई पनि सबै स्थानीय तहमा पुर्याउने उद्देश्य अनुरुप कुस्माबाहेक जलजला र पैंयुमा उपशाखा बिस्तार भइसकेको छ।

हाम्रो कार्यकालभित्रै बाँकी चार वटा पालिकामा पनि उपशाखा गठन गर्ने छौं। हामीले आन्तरिक राजस्व कार्यालय, घरेलु विकास कार्यालय र स्थानीय तहको व्यवसाय दर्ता तथा नवीकरणको सेवा सबै पालिकामा शिविर सञ्चालन गरेर घरदैलोमा नै सेवा दिएका छांै।

दुई हजार कर तिर्न र व्यवसाय दर्ता नवीकरण गर्दा वा व्यक्तिगत पान नम्बर लिन पनि हजारौ खर्च गर्नुपर्ने, तीन जिल्ला नाघेर आउनुपर्ने दक्षिण पर्वतका व्यवसायीले दैलोमा नै सेवा पाउन सकेका छन्। कृषि, पशु तथा लघु उद्यमका व्यवसायीलाई सरकारी अनुदान प्राप्त गर्न आवश्यक पर्ने परियोजना प्रस्ताव संघले नै तयार गरेर सम्बन्धित ठाउँमा पुर्याउने काम गरेका छांै।

उपभोक्ताको हितलाई ध्यानमा राख्दै स्वच्छ तथा स्वस्थ्य उपभोग्य बस्तुहरू उपलब्ध गराउन आवश्यक छ। यसका लागि सरोकारवालासंँग समन्वय गरेर बजार अनुगमन गरेका छांै यसले व्यवसायलाई मर्यादित, अनुशासित र कानुनी दायरामा आएर व्यवसाय गर्ने वातावरण बनाउने काम गरेको छ।

हामीले व्यवसायीको ढुवानीको समस्या समाधानका लागि पनि पहल गर्दै र सहजीकरण गर्दै आएका छांै। हामीले व्यवसायीको हितको काम नभई समृद्ध पर्वतको निर्माणको लागि सरोकारवालासंँग समन्वय गरेर विकास निर्माणका काममा पनि सहकार्य गर्दै आएका छांै।

विगतमा स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा पर्वत उद्योग बाणिज्य संघले नै जनताका आवाजको प्रतिनिधित्व गरेर सडक कालोपत्रे, अग्ला झोलुङ्गेपुल, यान्त्रिकपुल बनाउने कामको नेतृत्व गरेको इतिहास छ अहिले पनि निर्वाचित जनप्रतिनिधि संँगसँगै काम गरेका छौं।

संघीय संरचनामा गएपछि जिल्ला सदरमुकाम रहेको कुस्मा जस्ता बजारको व्यवसाय सुक्दै गएको देखिन्छ, अन्य बजारमा पनि व्यवसाय बढ्न सकेन भनेर गुनासो आउँछ। व्यावसायिक वातावरण बनाउन संघले कस्तो भूमिका खेलिरहेको छ ?

मुलुक संघीयतामा गइसकेपछि एउटा सदरमुकाम सात वटा बन्न पुगेको अवस्थामा सदरमुकाम कुस्माको व्यापार व्यवसाय खस्किन पुगेको हो। अन्य बजारमा व्यवसाय बढेको छ। एउटा बजारमात्रै होइन धेरै बजार थपिएका छन्, यसलाई सकारात्मक रुपमै लिनुपर्छ।

कुस्माको हकमा व्यवसाय बढाउनका लागि खरिद बिक्रीमा मात्रै सीमित नभई उत्पादन, स्वरोजगार र पर्यटन व्यवसायमा लाग्न जरुरी छ। हामीले पनि व्यवसायीलाई उत्पादन, पर्यटन जस्ता व्यवसायमा लाग्न प्रेरित गर्ने, त्यसका लागि आवश्यक नीतिगत, व्यावहारिक र सरोकारवालासंँग समन्वयकारी भूमिका खेलिरहेका छांै।

पर्वतमा पर्यटन उद्योगको ठूलो सम्भावना छ, व्यवसायीले लगानी पनि बढाएका छन्, पर्यटन उद्योगको विकासका लागि अझै के गर्न आवश्यक देख्नुहुन्छ ?

पर्वत जिल्ला पर्यटकीय नगर पोखराबाट सबैभन्दा नजिकको जिल्ला हो। मध्यपहाडी लोकमार्ग र उत्तर–दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको मिलनबिन्दु पनि हो। पोखरा आउने र पोखराबाट मुस्ताङ पुग्ने पर्यटक पर्वत नै भएर जान्छन्। हामीले यी पर्यटकलाई पर्वतमा बस्ने, घुम्ने र राख्ने वातावरण बनाउन जरुरी छ।

पछिल्ला वर्षमा मानव निर्मित पर्यटकीय स्थलहरू जस्तै अग्लापुल, यान्त्रिकपुलमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो नै लाग्दै आएको छ। सञ्चालनमा आउने तयारीमा रहेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प पनि कुस्मामा छ। यसले पनि आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्नेछ।

उद्योग बाणिज्य संघकै अगुवाईमा प्रसिद्ध गुप्तेश्वर गुफामा विश्वकै अग्लो शिव पार्वतीको मूर्ति बनाउन महायज्ञ लगाएर रकम संकलन भएको छ। जसरी सीता जन्मेको जनकपुरमा धार्मिक र अन्य पर्यटकको घुइँचो लाग्छ त्यसरी नै माता पार्वतीको जन्मथलोको रुपमा रहेको यो पवित्र भूमिको प्रचारप्रसार गरेर मुक्तिनाथ पुग्ने पर्यटक यहाँ राख्ने योजनामा छौं।

पर्वतमा होमस्टे बनेका छन्। भमरकोट हुँदै पुनहिल पुग्ने नयाँ पदमार्ग बनिरहेको छ। कुस्माबाट घोरेपानी जाने पदमार्ग होस वा वारिबेनीबाट फलामेडाँडा, हम्ला हुँदै मोहोरे डाँडा जाने पदमार्ग, पोखराबाट पञ्चासेसम्मको पदमार्गमा अहिले पनि पर्यटकको चाप हुने गर्दछ। विश्वमा एक मात्र सालिग्राम पाइने कालीगण्डकी नदी किनारका स्थान आफंै धार्मिक र पर्यटकीय स्थल रहेका छन्।

कालीगण्डकी करिडोर बनेपछि अबको केही वर्षमा भारतबाट र चीनबाट आउने पर्यटकका कारण पर्वत जिल्ला पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्ने निश्चित छ। जलयात्रा विश्वकै उत्कृष्ट जलयात्रामा पर्छ।

महाशिलामा विश्वकै ठूलो ढुंगामा कुँदेको मूर्ति बनाउने प्रक्रिया थालनी भएको छ। मुस्ताङ पुग्ने पर्यटकलाई पर्वत घुमाउनका लागि टान, हानलगायतका संस्थासंँग समन्वय भइरहेको छ। उनीहरूले आफ्नो भ्रमण प्याकेजमा पर्वतमा एक रात बस्ने र एक दिन घुम्ने व्यवस्था गर्न आग्रह गरिरहेका छौं।

सरकारले घोषणा गरेका पर्यटकीय गन्तब्यसम्म पुग्ने सहज बाटो, पानी, बिजुली जस्ता पूर्वाधार बनाउन सहयोग गर्नुपर्यो। पर्वतका व्यवसायीले पर्यटनमा लगानी बढाउँदै लगेका छन्। होटल, बञ्जीजम्प, होमस्टेमा ठूलो लगानी भइरहेको छ।

अब व्यवसायीलाई थप लगानीका लागि आकर्षित गर्न सरकारले बैंक ब्याजमा सहुलियत दिँदै एक अंकको ब्याजदर कायम गर्ने, ब्याजदर स्थिर रहने अवस्था भयो भने थप लगानी बढ्न सक्छ।चार–पाँचतिर कर तिर्नुपर्दा झन्झटिलो भइरहेको यसलाई एकद्वार नीतिबाट कर संकलन गर्ने व्यवस्था भएमा धेरै सहज हुन्छ। राज्यले दिने अनुदान उत्पादनमा भन्दा बिक्रीमा दिने हो भने पनि लगानी अझै बढ्छ र अनुदानको पनि उपयोगिता देखिन्छ।

नेपाल भ्रमण वर्ष आउँदै छ, गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष चलिरहेको छ, यसलाई सफल बनाउन संघले कस्ता योजना बनाइरहेको छ ?

नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेशको भ्रमण वर्ष २०१९– २२ मा बढीभन्दा बढी पर्यटक पर्वत जिल्लामा कसरी भित्र्याउन सकिन्छ भनेर योजना बनाउन थालेका छांै। नेपाल भ्रमण बर्षको शुरुवातमा नै यसलाई सफल बनाउने उद्देश्यसहित आगामी माघ ९ देखि १९ गतेसम्म गण्डकी प्रदेशस्तरीय औद्योगिक ब्यापार मेला तथा छैंठौ पर्वत महोत्सब आयोजना गर्दैछौं।

यो महोत्सवमा पर्वतका जति पनि पर्यटकीय गन्तब्य छन, यहाँका मौलिक उत्पादन छन्। यसलाई प्रचारप्रसार र प्रवद्र्धन गर्ने छांै। हामीले भ्रमण वर्षमा सबैभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य महोत्सबमार्फत राखेका पनि छौं।

महोत्सब सफल बनाउनका लागि सबै क्षेत्रले सहयोग गर्ने अपेक्षा पनि राखेका छांै। यो महोत्सब पर्वतको मात्रै होइन समग्र भ्रमण वर्ष सफल बनाउने उद्देश्यले राखिएका कारण पनि संघ, प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्न खोजिरहेका छौं।

 

 

प्रतिक्रिया दिनुहोस्