दक्षिण भारतीय लोकप्रिय अभिनेत्री गीताञ्जलीको निधन



काठमाडौं । दक्षिण भारतीय चलचित्र उद्योगकी चर्चित तथा लोकप्रिय नायिका गीताञ्जली रमाकृष्णको निधन भएको छ । ७२ वर्षीय गीताञ्जलीको हृदयघातका कारण बिहीबार निधन भएको हो ।

उनको मुटुमा समस्या देखिएपछि हैदरावाद अस्पताल पुर्‍याइएको थियो । उनको बिहीबार नै अस्पतालमा निधन भएको भारतीय मिडियाले जनाएका छन् ।

उनले ५ सयभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् । हिन्दी तेलुगु, तमिल लगायतका फिल्ममा अभिनय गरेकी गीताञ्जलीले सन् १९६१ देखि चलचित्रमा अभिनय शुरु गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्