महरापथका चेला



रेप र र्याप दुवै अंग्रेजी शब्द। झट्ट सुन्दा उस्तै लागे पनि, शब्दको उच्चारण उस्तै सुनिए पनि अर्थ फरक छ। अघिल्लो शब्दको नेपाली उल्था बलात्कार हुन्छ भने दोस्रो शब्द युवा र अल्लारे पुस्ताले रुचाएको गीत संगीतको अभ्याससँग जोडिएको छ।

र्यापले युवा पुस्ताको मन जितेको चर्चा भइरहेका बेला रेप सबै उमेर समूहकासँग धमाधम जोडिरहेको छ। रेपले र्यापलाई ओझेल पार्ने चुनौती बढ्या बढ्यै छ। र्यापर जेल पर्छन् तुरुन्तै रिहा हुन्छन् तर रेपर छोडिने कुरै छैन। बाजेदेखि नाति पुस्ता रेप काण्डमा जोडिएका खबर हरेकदिन सार्वजनिक भइराछन्।

यस्तै काण्डमा जोडिएका नेता महरा खबरको हराभरा भाछन्। त्यही पथ पछ्याउँदै अहिले चर्चाको चुलीमा छन् अखिलका नेता इन्द्रहाङ राई। लामो समयसम्म बहिनी नाता लगाएका राईले देउसी खेल्ने बाहानामा एक चेलीको इज्जत लुटेसी उनी सोझै महरा पथका चर्चित युवा नेता ठहरिएका छन्।

यसरी एकपछि अर्का नेता महरापथमा जोडिएसी माऊ पार्टी नेकपाले यो पथलाई कसरी ब्याख्या गर्छ कुन्नी, धरहरालाई धेरै खसखस लागि सक्यो। ‘शुखी नेपाली, समृद्ध नेपाल’को नारा घन्काएको सरकारले महरापथका चेला बढाउने अभियान नचलाओस् धरहरा यही चाहन्छ।

प्रतिक्रिया दिनुहोस्