हे देवकोटा ! तिमी फेरि जन्म लेऊ



प्रीति आत्रेय ज्ञवाली

लक्ष्मीपूूजाको दिनमा जन्मिँदा
तिमी लक्ष्मीको प्रसाद भएर
नेपालमा भित्रियौ
नामकरण भयो लक्ष्मीप्रसाद।

तिमी देवीको प्रसादले गर्दा दानी भयौ
कसैको दुुःख देख्न नसक्ने विवेकी बन्यौ
सरस्वतीका वरदपुुत्र पनि भयौ

‘जहाँ पुग्दैनन् रवि
त्यहाँ पुुग्छन् कवि’ भनेझैं
अरूले बोध गर्न नसक्ने कुरा
चाँडै बुझ्न सक्ने भयौ
सूूक्ष्मदेखि विशाल तहका
अनेक कुुरा बुझ्न सक्यौ
तिमी आशुकवि बन्यौ।

तिम्रो क्षमतालाई खुट्ट्याउन नसक्दा
तिमीलाई पागलको पगरी भिर्नुुपर्यो
मनमा तनाव हुदा
‘पागल’ कविता लेख्यौ
अरूको परवाह नगरी
तिमीले लेखनीलाई निरन्तरता दियौ
आफ्नो स्वभावलाई कायम राख्यौ
र त महाकवि भयौ।

हे देवकोटा !
तिम्रो कुरा कसैले नबुझ्दा
जीवनमा तिमीले धेरै दुुःख खेप्यौ
अब त
सबैले तिम्रो महत्व बुझिसके
हरेक वर्ष
विभिन्न समारोह गरेर र कविता लेखेर
तिम्रो गुनगान गाउँछन्।

म अनुरोध गर्छु तिमीलाई
मिल्छ भने तिमी
फेरि आऊ यस धर्तीमा
यहाँ तिमीजस्ता
मनका कुरा नबुझिएका
धेरै कलिला पागलहरू छन्
जसलाई बिनाकुनै कारण
मनका भावना नबुझी
रहर र चाहना नसुनी
ठूलाठालू एवं नेताहरूले
आफूअनुुरूप तह लगाउँछन्
अनि नभए
पागलको संज्ञा दिन्छन्।

त्यसैले यहाँ
अहिले पनि पागल भएका छन्
धेरै देवकोटा र रिमालहरू
साकार नदेखेर
आफ्नो र आमाको सपना
त्यसैले तिमीजस्तो
दिव्य व्यक्तित्वको
खाँचो छ, यस धर्तीमा।

नत्र,
धेरै पागल जन्मिन्छन्
अनि सपना नमौलाउँदै ओइलिन्छन्।
कृपया फेरि आऊ
सबैमा चेतनाको लहर फिँजाऊ
ताकि सबैले स्वच्छ मनले
आफ्नो काम गर्न सकून्
सधैं प्रसंग रहन सकून्।
तसर्थ
फेरि पनि तिमी
लक्ष्मीपुत्र र सरस्वतीका
वरदपुत्र भएर जन्म लेऊ।

प्रतिक्रिया दिनुहोस्