अच्युतले ल्याए बासन्ति प्रेम



अस्ट्रेलियामा बसेर साहित्यमा साधनारत अच्युत आनन बासन्ति प्रेम नामक उपन्यास लिएर आएका छन्। राजाधानीको कुञ्ज थिएटरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कुमार नगरकोटी, नायक आर्यन सिग्देल, लेखनकुञ्जका प्रमुख कमल ढकाल, समाजसेवी राजा पराजुली लेखक, समाजसेवी रामचन्द्र सिग्देल, अच्युत आनन र लेखककी आमा, गुरुआमा र खेलाडी एवम् समाजसेवी डीएन घिसिङले संयुक्त विमोचन गर्नुभयो।

कार्यक्रममा विशेष अतिथि आर्यन सिग्देलले सिनेमा बन्न नसक्ने यो फिक्सनले विशेष अर्थ राखेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘यो आफैंमा फिल्म जस्तै छ।’पुस्तकबारे विवेचना गर्दै लेखनकुञ्जका अध्यक्ष कमल ढकालले बासन्ति प्रेमले रोजा र राजेनको प्रेम यो धर्तीमा अमर राखेको मात्र नभई नेपाली साहित्यमा अद्वितीय छाप छाडेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘भाषा शैली र विम्बको प्रयोगले प्रकृति र जीवनलाई अर्कै धारणामा छाडेको छ।’

लेखकको गुरुआमा जयन्ति पौडेलले शुभकामना व्यक्त गर्दै आफूले बच्चामा पढाएको चेलाले आफैंलाई बोलाएर पुस्तक लोकार्पण गराउँदाको खुसी शब्दमा व्यक्त गर्न नसकिने बताउनुभयो। लेखक अच्युत आननले आफूले कथाहरू लेखिरहने पहिलो पुस्तकका रूपमा बासन्ति प्रेम ल्याएको बताउँदै भन्नुभयो– ‘१२ वर्षदेखि मेरो मनभित्र र कपीमा रहेको रोजा र राजेन आजदेखि पाठकको भएका छन्।’

प्रमुख अतिथि कुमार नगरकोटीले आफूले लेखककलाई प्रेम गरेकाले प्रेममा शब्द नहुने हुनाले आफू मञ्चमा पनि नबस्ने र केही शब्द पनि नबोल्ने भन्दै दर्शकदीर्घामा बसेर पुस्तक लोकार्पणका लागि मात्र आउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्