दीपावलीमा बालेको दीपले घर जल्यो, चार वर्षीय बालकको मृत्यु



विराटनगर । मोरङ पथरी शनिश्चरे नगरपालिका – ५ कोठेबारीमा दीपावली गर्न बालेको दियोबाट घर जल्दा चार वर्षीय बालकको मृत्यु भएको छ । आइतबार राति करिब साढे १० बजे कोठेबारीका युवराज गिरीको घरमा आगलागी हुँदा उनका चार वर्षीय छोरा युसनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

घरमा सुतिरहेका युसनको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको हो ।आगोमा जलेर टिनको छानो भएको एक तले घर पनि पूर्णरुपमा नष्ट भएको छ ।

घरभित्र रहेको नगद ९५ हजार, तीन तोला सुनका गहना, तीनतोला चाँदीका गहना, लत्ता कपडा पनि नष्ट भएको पीडित परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।स्थानीयवासी र प्रहरी चौकी कुशेचौरीबाट खटिएको टोलीले करिब एघार बजेतिर आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्