गुल्मीमा देउसी भैलो सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते



 

गुल्मी । देउसी भैलो टोली सवार ट्याक्टर गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ मा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

आइतबार राति बुल्मबाट चौरासीतर्फ जाँदै गरेको लु ३ त ४०२ नम्बर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्