भारत : ९९ वर्षीया ‘योग हजुरआमा’ को निधन



भारत। भारतकी सबभन्दा धेरै उमेरकी योग शिक्षिका भी नानाम्मलको दक्षिणी राज्य तमिल नाडुस्थित कोइम्बतोर नगरमा आफ्नै घरमा निधन भएको छ।उनी ९९ वर्षकी थिइन्। केही महिना अघिसम्म पनि उनले दैनिक सयौँ विद्यार्थीहरूलाई योग सिकाइरहेकी थिइन्।

सानैदेखि योगमा रुचि

कृषक परिवारमा जन्मिएकी उनलाई उनको बुवाले योग सिकाएका थिए। उनले योगका ५० भन्दा धेरै आसनहरूमा महारथ हासिल गरिन्।

उनले दश लाखभन्दा धेरैलाई योग सिकाइन्।

उनका सयौँ विद्यार्थीहरू अहिले योग प्रशिक्षकका रूपमा विश्वभर कार्यरत छन्।स्नेहपूर्ण रूपमा उनलाई ुयोग हजुरआमाु भनिन्थ्यो।

उनलाई भारतमा गैरसैनिकहरूलाई दिइने सबभन्दा उच्चमध्येको उपाधि पद्मश्रीबाट विभूषित गरिएको थियो।

चर्चित गुलाबी सारी

पछिल्ला वर्षहरूमा उनी युट्युबमा प्रख्यात भएकी थिइन्।प्रायस् गुलाबी रङ्गको सारी लगाउने उनले युट्युबमा कठिन लाग्ने योगासनहरूको प्रदर्शन गरिरहन्थिन्।

एक साताअघि उनी आफ्नो खाटबाट लडेकी थिइन्। त्यसपछि उनको स्वास्थ्य बिग्रँदै गएको उनका परिवारजनले बताएको पीटिआइ समाचार संस्थाले जनाएको छ।

सन् २०१७ मा बीबीसी न्यूजसँग बोल्दै नानाम्मलले आफ्नो स्वस्थ जीवनको मूल कारण आफ्नो दैनिक योगअभ्यास रहेको बताएकी थिइन्।

“स्वास्थ्य तपाईँको प्राथमिकता बन्छ अनि अरू सबै कुरा प्राप्य हुन्छ,”उनले भनिन्।बिबिसी
 

प्रतिक्रिया दिनुहोस्