भारतमा तीन नेपाली मजदुरको हत्या



बैतडी ।भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्या भएको छ । उनीहरुको कार्तिक ८ गते शुक्रवार हत्या भएको भएपनि आइतवार मात्रै थाहा भएको छ । बैतडीको पुरचौंडी नगरपालिका वडा नं ५ दहतालीका ३६ बर्षीय हरे बोहरा र २७ बर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका ४ भटना तडीखेतका ३६ बर्षीय कासी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो “ उनीहरुको धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ ” हरे बोहरा र बीरा बोहरा सहदोर भाई हुन् ।
उनीहरु पिथौरगढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ बर्ष यतादेखि मजदुरी गर्दै आईरहेका बताइएको छ ।

हरे बोहराकी श्रीमति किर्रा बोहरा फरार रहेकाले यो घटनाको उनको संलग्नता हुन सक्ने आशंका गरिएको उपप्रमुख बोहराको भनाई छ ।
मृतकहरुको शव पिथौरागढ जिल्ला अस्पतालमा राखिएको र सोमबार बिहानै आफन्तहरु पिथौरागढ जाने तयारीमा रहेको छ ।

बीरा बोहरा केही महिना अघि मात्रै दाजुभाउजुलाई भेट्न भनेर पिथौरागढ गएर र उनी पनि उतै मजदुरी गर्दै आएका थिए । तिनै जनाको सामूहिक हत्या भएकाले कसले गरेको हो भन्ने बारेमा खुल्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्