बानेश्वरको झिलीमिली दीपावली (फोटो फिचर)



काठमाडौं । आज तिहारको तेस्रो दिन, लक्ष्मीपूजा । आज  ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइन्छ । आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई बोलाउने गरिन्छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, भर्‍याङलगायत ठाउँमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ ।

लक्ष्मी पूजाका लागि आज बेलुकी आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । यतिबेला देशभर भब्य रुपमा लक्ष्मीपूजा मनाइदै छ । बानेश्वर क्षेत्रको दिपावली हर्नुहोस् तस्वीरमा

 

 

 

तस्वीर  : बिष्णु परियार

प्रतिक्रिया दिनुहोस्