वीरगञ्जका अग्नि नियन्त्रकलाई गोली हानेर मारेको पुष्टि



पर्सा । वीरगञ्ज महानगरपालिकाका अग्नि नियन्त्रक बुनिलाल चौरसियाको हत्या भएको पुष्टि भएको छ । वीरगन्ज महानगरपालिका-१६ नगवा निवासी चौरसियाको शव ८ कात्तिकमा नगवा पोखरीको डिलमा तन्नामा बेरिएको अवस्थामा भेटिएको थियो ।

नारायणी अस्पतालमा पोष्टमार्टम गर्दा उनको शरीरभित्र चिकित्सकहरुले गोली भेटेका छन् । योसँगै उनको गोली हानेरै हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक दम्पत्तिलाई चौरसियाको शव भेटिएकै दिन नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्