भारतमा विद्यार्थीहरूलाई परीक्षामा चिट चोर्नबाट रोक्न टाउकोमा ‘कार्टून बक्स’



एजेन्सी । भारतको एक प्री-युनिभर्सिटी कलेजले परीक्षामा बिद्यार्थीरुलाई चिट चोर्न र अर्काको नक्कल गर्न निरुत्साहित गर्न परीक्षाको क्रममा एक अनौठो प्रयोग गरेको छ । भारतको दक्षिण – पश्चिमी कर्नाटक राज्यको हावेरीस्थित भगत प्री-युनिभर्सिटीले उक्त परिक्षण गरेको जनाईएको छ ।

गत बुधवार उक्त नयाँ उपायको परीक्षण गरिएका तस्वीरहरु सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा चर्को आलोचना भईरहेको छ । विद्यार्थीहरूले टाउकोमा कार्डबोर्ड बक्स लगाएको तस्वीरहरु सामाजिक सञ्जालमा भाईरल भएपछि कलेजले माफी मागेको छ ।

तस्वीरमा सफा पंक्तीमा विद्यार्थीहरूले टाउकोमा कार्डबोर्ड बक्स लगाएर लहरै बसेको देख्न सकिन्छ ।बक्सहरूको अगाडि काटिएको थियो, विद्यार्थीहरूलाई उनीहरूको डेस्क र उत्तरपुस्तिका मात्रै हेर्न अनुमति दिईएको थियो ।

उक्त तस्वीरहरु सोही कलेजका अधिकारीहरुले फेसबुकमा पोष्ट गरे लगत्तै भाईरलभएका थिए ।लामो समय नबित्दै कलेजले  सोशल मीडियामा व्यापक आलोचनाको सामना गरिरहेको थियो । सरकारी अधिकारीहरूले समेत उक्त बिषयप्रति ध्यान आर्कष्ण भएको बताएका छन् ।

राज्य शिक्षामन्त्री एस सुरेश कुमारले एक ट्वीट गर्दै बिद्यार्थीहरुप्रति कलेजको उक्त ब्यवहार अस्वीकार्य भएको बताएका छन् ।

उनले भनेका छन् , ” बिद्यार्थीहरु माथि जनावरहरु जस्तो ब्यवहार गर्ने छुट कसैलाई पनि छैन,  यो (विकृत रूप)को लागि उचित कदम चालिने छ ।“

कलेजले उक्त बिषयमा  लिखित व्याख्या गर्दै माफी मागेको कलेज प्रबन्धक एम्बी सतिशले बताएका छन् ।सतिशले यस बिषयमा पहिले नै अभिभावकलाइ जानकारी दिईएको र अभिभावकहरुकै स्वीकृतीमा उक्त कदम चालिएको उल्लेख गरेका छन् ।

परीक्षामा त्यस दिन सहभागी ७२ परीक्षार्थीहरुमध्ये ५६ जनाले मात्रै कार्डबोर्ड बक्स लगाएको बताएका छन् । कलेजले कुनै पनि बिद्यार्थीलाई नियम अनिवार्य नगरेको बताए, जसमा उक्त बक्स गरेका गरेका बिद्यार्थीहरुले आफूहरुलाई सहज महसुस भएको उल्लेख गरेका छन् ।

विद्यार्थीहरूले आफ्नै बक्सहरू स्कूलमा ल्याएका थिए, र अधिकांशले १५ देखि ३० मिनेट मा नै झिके , सतेशले भने। कलेजले सबै विद्यार्थीहरूलाई परीक्षाको एक घण्टा भित्र बक्सहरू बाहिर निकाल्न लगाएको थियो । गत वर्ष स्कूलले एक व्यापक र लगातार चिट चोर्ने समस्या सामना गरेको थियो ।

हालका वर्षहरुमा भारतभर धेर नै यस्ता चिट चोर्न घटनाहरु तीब्र रुपमा बढीरहेका छन् । २०१५मा एउटा विशेष स्कइान्डलले तहल्का मच्चाएको थियो । बिहार राज्यमा आमाबाबु र परिवारका सदस्यहरूले नै आफ्ना बच्चाहरूलाई चीट दिन भित्तामा सिढी नै प्रगोग गरेको पाईएको थियो ।

भारत जस्ता विकासशील अर्थतन्त्रमा शिक्षा एउटा महत्वपूर्ण पक्ष हो । जनतालाई गरिबीको मारबाट बाहिर निकाल्न शिक्षाको मुख्य भुमिका रहन्छ । यस बर्षको सुरुमा दक्षिणी भारतीय राज्य तेलंगानाका १९ बिद्यार्थीले परीक्षाफल सार्वजनिक भएपछि आत्महत्या गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्