बैंकहरूलाई साइबर सुरक्षा बीमा गर्न निर्देशन दिने राष्ट्र बैंकको तयारी



 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई साइबर सुरक्षा बीमा गर्न निर्देशन दिने तयारी गरेको छ । बैंकहरूले स्वतस्फूर्त रूपमा यस्तो बीमा नगरेपछि राष्ट्र बैंकले नै निर्देशन दिने प्रक्रिया अगाडि बढाएको हो ।

नेपालमा नै साइबर जोखिम सम्बन्धी बीमा सुविधा भए तापनि हालसम्म एउटा पनि बैंकले यस्तो बीमा गराएका छैनन् । नेपाल इन्स्योरेन्स कम्पनीले २०७५ साउनदेखि नै ‘साइबर रिक्स प्रोटेक्टर’ बीमालेख प्रचलनमा ल्याएको छ । तर, बीमासँग प्रत्यक्ष सम्बन्ध राख्ने बैंकहरूले अहिलेसम्म त्यस्तो बीमा गराएका छैनन् । अन्य प्रकारका बीमाको तुलनामा साइबर सुरक्षा बीमा महँगो हुने भएकाले यसप्रति बैंकहरू आकर्षित भएका छैनन् ।

राष्ट्र बैंकका अनुसार अहिले यस विषयमा आवश्यक अध्ययन गर्ने काम भइरहेको छ । आवश्यक नीतिगत व्यवस्था गरेर ढिलोमा पनि आगामी असार मसान्तसम्म निर्देशन जारी गर्ने राष्ट्र बैंकको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्