भाइटीकाको साइत मंगलबार बिहान ११ः५५ मा उत्तम



काठमाडौं ।

हिन्दूहरूको दोस्रो चाड तिहार शनिबार बाटै शुरु भइसकेको छ । शनिबार काग तिहारसँगै शुरु भएको तिहार आज कुकुर तिहार र लक्ष्मीपूजा, सोमबार गोबर्धन पूजा र मंगलबार भाइटीका गरेर समापन हुनेछ ।

आज विहान कुकुर पूजा गरेपछि साँझ लक्ष्मीपूजा गरिने भएको छ । तिथिको घटबढका कारण यो वर्ष कुकुर तिहार र लक्ष्मीपूजा संगै एकै दिन पर्न गएको छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भाइटीकाको उत्तम साइत मंगलबार बिहान ११ः५५ मा उत्तम छ । उत्तम साइत बाहेक पनि दिनभर टीका लगाउन मिल्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्