लेवान्डोस्की बने ९ खेलमा लगातार गोल गर्ने पहिलो खेलाडी



रोबर्ट लेवान्डोस्कीले जर्मन बुण्डेस लिगामा कीर्तिमानी गोल गरेका छन् । उनी बुण्डेस लिगमा सिजनका सुरुका ९ खेलमा लगातार गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

सिजनको नवौँ खेल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले युनियन बर्लिनलाई २–१ ले पराजित गरेको हो । यो खेलमा दोस्रो हाफको सुरु तिर लेवान्डोस्कीले बार्यनका लागि गोल गरेका हुन् ।

पहिलो हाफमा टिमका लागि बेन्जामिन पावार्डले गोल गरको थिए । सेबास्टियन पोल्टरले बर्लिनका लागि एक गोल फर्काए । कीर्तिमान बनाएका लेवान्डोस्कीले यो सिजन सबै प्रयोगितामा गरेर १९ गोल गरिसकेका छन् । जित निकालेको बार्यन शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्