राष्ट्रिय माझी गोल्डकप : रामेछापलाई सिन्धुली दोश्रो



हेटौंडा  । मकवानपुरको बकैया गाउँपालिका जुरेलीमा जारी प्रथम राष्ट्रिय माझी गोल्डकप अन्तर्गत आज भएको फाइनल खेलबाट नेपाल माझी उत्थान संघ रामेछाप विजयी बनेको छ ।

आज भएको फाईनल खेलमा सिन्धुलीलाई ट्राइबेक्ररमा ३–० गोल अन्तरले पराजित गर्दै रामेछाप विजयी बनेको हो।
प्रतियोगिता नेपाल माझी उत्थान संघ, मकवानपुरको आयोजनामा सञ्चालित प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १७ वटा टिम सहभागी भएका छन् ।

प्रतियोगिताको विजेता रामेछापले नगद १ लाख रुपैयाँ तथा दोस्रो हुने सिन्धुली टिमले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र सामाजिक मन्त्री युवराज दुलालले वितरण गर्नु भएको छ। कार्यक्रममा प्रदेश साँसद बुद्धिमान माझी, रिता माझी, राष्ट्रिय आदिवासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव, नेपाल माझी उत्थान संघका केन्द्रीय अध्यक्ष गोविन्दलाल माझी, तुल बहादुर माझी लगायत उल्लेख्य उपस्थितिमा संचालन भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्