तत्कालै मन्त्रिमण्डल हेरफेर हुन सक्दैन : मन्त्री महासेठ



 

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका छन् ।

उनले भने,‘त्यो त्रास अहिले देखिएको छ । मन्त्रिमण्डल परिवर्तन हुने भनेर कुराहरु दिनहुँ मिडियामा आईरहेका छन्, पछिल्लो १३/१४ महिनादेखि पत्रिकाले लेख्न छोडेको छैन । हुन त यो अधिकार प्रधानमन्त्रस्को अधिकारक्षेत्रभित्र पर्छ । उहाँले चाहेकै दिन मन्त्रिमण्डल चेन्ज हुन्छ । तर, अहिले सम्भावना देखेको छैन ।’

उनले सरकारलाई कमजोर पार्नको लागि यस्तो हल्ला भैरहेको पनि दाबी गरे ।शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मन्त्रिमण्डल हेरफेर र सरकार परिवर्तन हुँदैछ भनेर सरकारको प्रगति र कामदेखि धेरै खुशी नहुनेहरुले हल्ला गरेको बताए ।

नेपालभित्र सबै यो सरकारको समर्थनमा पनि नभएको बताए ।मन्त्री महासेठले जनताले अब विकासको अनुभुति गर्न सक्ने समेत दाबी गरेका छन् । त्यस्तै, उनले आफ्नो मन्त्रालयमा व्यापक सरुवा भएको र आर्थिक चलेखले भयो भन्ने आरोप पनि खण्डन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्