अगाडी बढौ



भौतिकबाद भन्दा सर्वश्रेष्ठ बाद आध्यात्मबाद हो  !
आत्मा विमान हो भने शरिर एक धावन मार्ग हो  !!

एक स्थान बाट उडेर अर्को स्थानमा अबतरण गर्नै पर्छ !
जे गरे पनि मनुष्यले अन्तिममा ईश्वरको नाम लिनै पर्छ !!

हाम्रो यो मनुष्यचोलामा सके सम्म असल र राम्रा राम्रा कर्म गरौ !
हामी सबै जना ईमान्दार, नैतिकवान वनि यो धर्तीको सेवा गरौ !!

प्राणी जति सबैलाई माया र हित गरौ सकिदैन कसैको अहित नगरौ !
असल र राम्रा कामहरू गर्न नसके पनि गलत काम कहिले पनि नगरौ !!

यहि हो सुवर्ण मौका हामी सबैले असल कर्म गरि पुण्य कमाऊ !
आफुले गरेका कुनै पनि कार्य बाट भबिष्यमा दुखी भई नपछुताऊ !!

नाजायज तरिकाको कमाईले हैन ईमान्दारी को कमाईमा रमाऊ !
जिवन ढुक्क र स्वाभिमानका साथ सिर उच्च राखि अगाडी बढौ   !!

सनत कुमार थापा
ललितपुर,धापाखेल

प्रतिक्रिया दिनुहोस्