पारसको राजीनामाले खेलप्रे मीको उत्साह नघटोस्



पारसले कप्तानी सम्हालेको एक दशकमा नेतृत्व छोडेका छन्। यो १० वर्ष अवधिका हिसाबले लामो हो। यस हिसाबले अन्यथा छैन। पारसले जरुर कप्तानी छोड्नुपथ्र्यो तर अहिले होइन। एउटा उभार आएका बेला, त्यो पनि यस्तो समयमा भयो, क्यानमाथिको कारबाही फुकुवाको खुशीमा सन्नाटाजस्तो छाउने परिवेश बन्यो।

जे होस्, यसका पछाडि के–कस्ता कारणहरूले पारस यो निर्णयमा पुगेका छन् ? त्यो क्रमशः खुल्दै जाला। यदि राम्रो गर्दागर्दै पनि कुनै स्वार्थ समूहबाट निरुत्साहित गराउने दुष्प्रयास र नियतका बीच यो परिस्थिति आएको हो भने त्यो गम्भीर विषय हो।यसमा पारस मात्र होइन, क्यानले पनि प्रस्ट भन्न सक्नुपर्छ। पारसको राजीनामा प्रकरणले अब पनि नेपाली क्रिकेटको उत्साह नघटोस्। खेलाडीहरूको मनोबल कमजोर नबनोस्।

– सन्तोष अर्याल, जडीबुटी, भक्तपुर।

प्रतिक्रिया दिनुहोस्