अश्लिल शब्द प्रयोग भएका गित गाएको भन्दै चर्चित र्‍यापर ‘भिटेन’ पक्राउ



न्युज अफ नेपाल,काठमाडौँ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चर्चित र्‍यापर समिर तामाङ ‘भिटेन’लाई पक्राउ गरेको जनाएको छ। अश्लिल र आपत्तिजनक शब्द प्रयोग भएका गित गाएको भन्दै भिटेनलाई पक्राउ गरिएको महाशाखाले जानकारी दिएको हो ।

यसअघि महाशाखाले अश्लिल शब्द प्रयोग भएका गित गाएको भन्दै गायक दुर्गेश थापालाई पक्राउ गरि सार्वजनिक माफी मगाएर छाडेको थियो। भिटेनले ‘ हामी यस्तै त हो नी ब्रो’लगायतका चर्चित गित गाएका छन्।

प्रतिक्रिया दिनुहोस्