गाडीको ठक्करबाट एकको मृत्यु



नेपाल समाचारपत्र, गुल्मी।

गुल्मीमा गए राति मोटरबाट खसेको समान टिप्ने क्रममा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–३ निवासी ४८ वर्षीय झमबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताउनुभयो।

कालीगण्डकीको मुल्क भन्ने स्थानबाट जयखानीतर्फ सामान लगेर जाँदैगरेको लु१च ४५८६ नम्बरको बोलेरो गाडीबाट खसेको समान टिप्ने क्रममा रोकिराखेको मोटर एक्कासी ब्रेक फेल भएर ठक्कर दिँदा जीपमा सवार विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

गाडीको ठक्करबाट घाइते भएका विकको उपचारका क्रममा मृत्यु भएको छ। ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पुनले बताउनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्