लागूऔषधसहित एक पक्राउ



लहान, (नेस)।

सिरहाको पटहेर्वाबाट लागूऔषधसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण मुख्य कार्यालय सिराहाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दाहालको कमान्डमा ७ जनाको मोबाइल टोलीले उक्त लागूऔषध नियन्त्रणमा लिएको हो।

मंगलबार साँझ ६ः४५ बजेको समयमा सिरहा नगरपालिका–१७ पटहेर्वास्थित भारतबाट नेपालतर्फ आउँदै गरेको स१०प ६८९७ नम्बरको मोटरसाइकलमा सवार उदयपुर जिल्ला कटारी नगरपालिका–३ बस्ने ४५ वर्षीय विजेन्द्र तामाङलाई चेकजाँच गर्दा १ सय एमएलको डाइलेक्स–डीसी नामक लागूऔषध कोरेक्स ९० बोतलसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेक्वा सिरहाका सप्रनाउ योगराज दाहालले बताउनुभएको छ।

पक्राउ परेका विजेन्द्र तामाङ, मोटरसाइकल, मोबाइल एक थान, घडी एक थानसहित थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिराहामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण मुख्य कार्यालय सिरहाका सप्रनाउ योगराज दाहालले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्