ओपोको रेनोटु एफको बिक्री शुरु



ओपोले नयाँ मोडल रेनोटु एफ पाको, न्यूरोडस्थित आधिकारिक शोरुममा फस्र्टसेल कार्यक्रममार्फत बिक्री शुरु गरेको छ।

ओपो रेनोटु एफका लागि आयोजित फस्र्टसेल कार्यक्रममा नायिका तथा ओपो नेपालकी ब्रान्ड फ्रेण्ड, स्वस्तिमा खड्काको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा उनले अग्रिम बुकिङ गर्ने तथा सोही दिन फोनको खरिद गर्ने उपभोक्तालाई आफूद्वारा हस्ताक्षरित फोन तथा विशेष उपहार हस्तान्तरण गरेकी थिइन्।

प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ ओपो रेनोटू एफमा प्रशस्त फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध गरिएको छ। ओपो रेनोटू एफमा कम्पनीले क्वाड (चारओटा) क्यामेरा सेटअपको ब्यवस्था गरेको छ।

फोनमा उपलब्ध चार क्यामेरामा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २एमपी पोट्रेट लेन्स रहेका छन्।

फोनमा उपलब्ध गरिएको ४८एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता राख्ने कम्पनीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्