बिच्च बिच्चमा



दुर्गेश थापा, यो नामले यो वर्षका तीज गीतलाई पूरै फाँड्यो। तीज गीतमा पूरै सम्राज्य जमायो। त्यसैले छोटो समयमा उनको गीत नेपाली जनजिब्रोमा झुन्डियो। दुर्गेश ब्रो नचिन्ने र उनलाई नसुन्ने बिरलै भए।

दीपक र दीपाश्री जस्ता कहलिएका कलाकारले पनि आफ्नो चलचित्रको प्रचारमा उनैलाई लिए।भदौमा भव्य चर्चा कमाएका दुर्गेश असोजमा अझै उचालिए तर अहिले कात्तिकमा थचक्कै भा’छन्। धुम्रपान, मध्यपान, र ‘शिवबुटी’ लाई प्रोत्साहन गर्ने गरी तिहार गीत गाएसी उनी (मामाघर) प्रहरी चौकी पुग्या छन्।

सामाजिक सहिष्णुता भट्काउने गरी उनका गीत सामाजिक सञ्जालमा छताछुल्ल भएसी प्रहरीले थापालाई थचक्कै पार्या हो।

यो खबर सुनेसी धरहरा भन्छ– गायक हुँ, गीत हिट भो भन्दैमा जस्तोसुकै शब्द र लयमा फिट हुइन्न नि ब्रो। शब्द, लय, भिडियो अनि पात्रको अभिनय पनि दर्शक/स्रोतामैत्री हुनुपर्छ।

सामाजिक सहन, कानुनी पाटो पनि राम्रोसँग नबुझी कलाकार हुन पाइन्छ र भन्या। धेरै उम्लिएसी जो–कोही पनि मामाघर पुग्नुपर्छ बिच्च बिच्चमा।

प्रतिक्रिया दिनुहोस्