प्रियंकाको माया मञ्चमै प्रदर्शन



अमेरिकी गायक निक जोनससँग विवाह गरेर अमेरिकामै बसोबास गर्न थालेकी बलिउड नायिका प्रियंका चोपडाले पतिका साथ चुम्बन गरिरहेको एक भिडियो भाइरल भएको छ।
भिडियोमा जोनस दाजुभाइको कन्सर्टमा पुगेकी प्रियंका र पति निक उक्त कन्सर्ट चलिरहेको स्थानमा नै एक–अर्कालाई चुम्बन गरिरहेको देखिन्छन्।

उक्त भिडियोमा प्रियंकाकी जेठानी पनि देखिएकी छिन्। उनको यो भिडियोमा मानिसले मिश्रित प्रतिक्रिया देखाएका छन्। त्यसो त यो प्रियंका र निकका लागि कुनै नौलो कुरा भने होइन्। निक र प्रियंकाले धेरैपटक सार्वजनिक स्थानमा चुम्बन गरेका तश्वीरहरू बाहिरिएका छन्।

जसलाई लिएर यो दम्पतीको चर्चासँगै आलोचना पनि हुँदै आएको छ।प्रियंकाले केही अघि आफूभन्दा कान्छा गायक निक जोनससँग विवाह गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्