सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ



खाँदबारी । सङ्खुवासभामा नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने चिचिला गाउँपालिका १ का राजकुमार राईलाई पक्राउ गरिएको हो ।

राईलाई रु ५८ हजारसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले जानकारी दिनुभयो । उनले सदरमुकाम खाँदबारीमा सेनाको जवानका लागि प्रतिस्पर्धा गर्दै गरेका एक युवासँग रु ८० हजार मागेका थिए । सेनाको बराह दल गुल्मले हालै एक सय जनाका लागि खाँदबारीमा भर्ना प्रक्रिया अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्