रसुवाका घुम्नै पर्ने पर्यटकीय स्थलहरु



सरस्वति न्यौपाने, रसुवा ।

प्रदेश नं. ३ अन्तर्गत बाग्मती अन्चलको उतरी भागको चिनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको हिमाली जिल्ला रसुवाको अर्थ भेडा च्याङग्रा सेवा अर्थ चराउने ठाउँ भएको अपभ्रसं भएर रसुवा भन्न थालिएको हो ।

यस जिल्लामा भोटेसँग युद्धको बेला नेपाली जनताले निर्माण गरेको रसुवागढी रहेको छ । नेपाल र तिब्बतको व्यापार यही रसुवागढीको बाटोबाट हुन्थ्यो र नेपाली तारा भृकुटीको माइति घर पनि यहि रसुवागढीको बाटो इतिहास बोकेको एतिहासिक रसुवा पर्यटकीय क्षेत्र समेत परिचित छ र महत्वपुर्ण तथा घुम्नै पर्ने क्षेत्रहरु समेत अवलोकन गरेर अझै पर्यटन प्रबद्र्धनमा सहयोग पुग्न सक्छ ।

विभिन्न धार्मिक एवं साँस्कृतिक रुपले महत्वपुर्ण मानिने तालतलैया हिमाल मठमन्दिरका साथै रसुवागढी बेत्रावती जस्ता ऐतिहासिक स्थलका अलावा क्याङजिङ उपत्यका नागथली लगायत घले गढी कालिका माई रहेका छन । अझेलमा परेको दुध कुड रहेको छ । भने चर्चामा रहेको धार्मिक तथा कुण्डहरुमा : गोसाईकुण्ड ,पार्वतिकुण्ड, तातोपानी, उत्तरगया, छन भने ऐतिहासिक महत्वका क्षेत्रमा बेत्रावति र रसुवागढी रहेका छन ।

यहाँको मुख्य बासिन्दाहरु तामाङ, शेर्पा, घले, ब्राम्हण, क्षेत्री, नेवार, गुरुङ, दमाई कामी र सुनवार छन । भाषामा तामाङ, नेपाली, शेर्पा, गुरुङ र नेवारहरु रहेका जछन भने धर्ममा बौद्ध, क्रियिस्चियन र हिन्दु रहेका छन । भने यस्ता महत्व नै महत्व ले भरिएको यस जिल्लामा आन्तरिक र बाह्रय पर्यटकहरुको आगमन धेरै—भए रोजगारीका लागी अन्तजानै पर्र्दैन ।

यसरी जिल्लाबाट बाहिर बगेर निस्कने नदीहरुमा त्रिशुली नदी मात्रै हो । चिनको तिब्बतबाट केरुङ नदी र लिङदे नदी नामका २ वटा नदीहरु नेपाल र तिब्बतको सिमानामा मिसिएर भोटेकोशीको नामले नेपाल भित्रिएको छ ।

यस्तै पर्वतारोहण र टे«किङको लागी महत्वपुर्ण मानिने यस क्षेत्रमा गणेश हिमाल, लाङटाङ हिमाल, लिरुङ, यलापिक लाङसिसा खर्क साङजेन खर्कृ लगाएतका समुन्द्री सतहबाट ५००० मिटर भन्दा अग्ला भाग तथा सधै हिउँले ढाकिरहने पर्वतहरु पर्दछन । विशेष गरी लाङटाङ उपत्यका, क्यान्जिङ उपत्यका घोडा तबेला, गोसाईकुड, लौरी विनायक, चन्दनबारी, माङचेत, सोमदाङ गन्जला भन्ज्याङ आदी यस जिल्लामा पर्दछन ।

देशकै तेस्रो पदयात्रा गन्तव्य को रुपमा रहेको लाङटाङ राष्ट्रिय निकुन्ज रामसार क्षेत्र रहेको यो जिल्ला भौगोलिक जैविक विविधता, साँस्कृतिक, धार्मिक र पर्यावरणीय हिसाबले धेरै धनी रहेको छ । भने हाड खोर, हिमाली गिद्ध खैरोगीद्ध लखान, मधुहा, योयाहास, चखेवा, विजुला गैरे, कालिजुरे हाँस, मणितुडक, कोङमा हिउँ कुखुरा हिमालिपि उरा जस्ता चराका यो जिल्ला चरा अध्ययन अनुसन्धान तथा चरा पर्यटनको लागी पनि उतिकै महत्व पुर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्