भ्रममा नपर्नुस्, प्रधानमन्त्री र म समझदारीमै छौंः प्रचण्ड



न्युज अफ नेपाल, पाँचथर ।

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ सञ्चारमाध्याममा आएजस्तो पार्टी नेतृत्वमा तिक्तता नरहेको बताएका छन् ।

नेकपा पाँचथरले आयोजना गरेको एक दिने कार्यकर्ता प्रशिक्षणका लागि पाँचथर सदरमुकाम फिदिम आएका प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबीच मिडियामा आएजस्तो गरी सम्बन्ध नबिग्रिएको बताए। ‘तपाईहरु भ्रममा नपर्नुहोस्, प्रचण्डले पत्रकारसँग कुरा गर्दै भने, ‘मिडियामा आएजस्तो सम्बन्ध चिसिएको छैन ।’ पत्रकारसँग धेरै बोल्न नचाहेका प्रचण्डले मन्त्रीमण्डल हेरफेरको विषयमा आफूलाई नसोध्न आग्रहर गरे । प्रधानमन्त्री केपी ओलीले चाहेको खण्डमा मन्त्रीमण्डल हेरफेर हुने प्रचण्डको भनाई थियो।

पार्टीभित्र कुनै किसिमको असहमति नरहेता पनि सम्झौता कार्यान्वयमा ढिलो भएकोप्रति प्रचण्डको शंका थियो। अगुवा कार्यकर्ता प्रशिक्षणका लागि प्रचण्डसहित महासचिव विष्णु पौडेले र संसदीय दलयका उपनेता सुवास नेम्बाङको समेत उपस्थित छ । जिल्लाका करिब आठ सय कार्यकर्तालाई प्रशिक्षण दिएर मंगलबार साँझ काठमाडौं फर्किदैछन्।

प्रतिक्रिया दिनुहोस्