समोआमा ६.० म्याग्नीच्युडको शक्तिशाली भूकम्प



सुभा । ओसिनिया–अस्ट्रेलिया द्वीपराष्ट्र समोआमा मङ्गलबार ६.० म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।

जमिनको सतहबाट करिब ८९ किलोमिटर गहिराईमा केन्द्रविन्दु रहेको यस भूकम्पबाट भएको क्षतिको विवरण मंगलबार अपराह्नसम्म प्राप्त नभएको सिन्ह्वाले जनाएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्