गायक दुर्गेश थापा समातिए



न्युज अफ नेपाल, काठमाडौं ।

गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले मंगलबार थापालाई पक्राउ गरेको हो ।

देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुतामाथि आँच आउने काम गरेको आरोपमा थापालाई पक्राउ गरिएको महाशाखाकाले जनाएको छ । थापासँग सोधपुछ गरी सामाजिक सहिष्णुता बिगार्ने शब्द प्रयोग गरिएको गीत हटाएर छोड्ने तयारी प्रहरीले गरेको छ ।

तिहार लक्षित गरी दुर्गेशले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीले थापालाई बोलाएको थियो ।

उक्त गीतमा, धुम्रपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने शब्द प्रयोग गरिएको छ । यस्ता शब्दले समाजमा गलत सन्देश दिनुका साथै प्रचलित कानून विपरीत भएको भन्दै चर्को आलोचना पनि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्